सेबोनले दियो थप ७ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्ने स्वीकृति

४ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले थप ७ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ । 

सेबोनको नियमन तथा व्यवस्थापन विभागले असार २२ गते थप ७ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो ।

योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनी तथा संस्थाहरुको संख्या ११६ पुगेको छ । यसअघि १०९ कम्पनीलाई विभिन्न मितिमा सेबोनले यस्तो स्वीकृति प्रदान गरिसकेको छ। 

स्वीकृति पाउने कम्पनी तथा संस्थाहरुमा एसियन लाइफ इन्स्योरेन्स, एनआईसी एसिया सेलेक्ट ३०, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, नबिल बैंक, मेगा म्युचुअल फन्ड, सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज ब्लुचिप फन्ड छन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया