उदयपुरबाट नै ई–पासपोर्ट लिन सकिने

४ बर्ष अगाडि

काठमाडौं - जिल्ला प्रशासन कार्यालय उदयपुरले ई–पासपोर्ट (विद्युतीय राहदानी) का जिल्लामै निवेदन लिन थालेको छ ।  

जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार  यसका लिग प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएको छ । अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिन्छ ।

नयाँ प्रविधि भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन जाँदा समय लिएर आउन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अनुरोध गरेका छन् । उनका अनुसार हामीलाई प्राप्त जानकारीअनुसार ई९पासपोर्टको लागि आवेदन पेश भएपछि १५ दिनभित्र बनेर आउँछ ।

ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ । इलेक्ट्रोनिक राहदानी एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो छ । यसमा उच्च किसिमको प्रविधिको प्रयोग गरिने भएकाले विश्वासिलो पनि मानिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया