अब ती खाइ नखाइ गरेर ४७ लाख डिम्याट खाता खोलेका नव सामन्तहरूलाई के गर्ने त कमरेड ? : दिपकराज गिरी

४ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटा सार्वजनिक सम्मेलनमा पुँजीवादी विस्तारवाद र वित्तिय एकाधिकारको बारे दिएको अभिव्यक्तिको अहिले व्यापक विरोध भइरहेको छ । 

यसै सन्दर्भमा नेपाली कलाकार एवं फिल्म निर्माता दिपकराज गिरीले प्रचण्डलाई प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै, अब ती खाई नखाई गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका नव सन्तहरूलाई चाही के गर्ने त कमरेड रु भनी प्रश्न गरेका छन् ।

प्रचण्डले एक सार्वजनिक कार्यक्रममा विश्वस्तरमै  पुँजीबजारमा लगानी बढिरहेको र पहिले पहिले पुँजी उत्पादनमा, उद्योगमा लगानी हुनेमा अहिले पुँजीमै पुँजी लगानी भैरहेको र त्यो राम्रो कुरा नभएको उल्लेख गरेका थिए ।

उनले लेखेका छन् :

१) प्रचन्ड कमरेडको पूरानो महावाणी - 
बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो !
यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइ रहेका छन् ! 
उहॉकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कूल गएर त्यहि छुटेको पूरानो शिक्षा पढिरहेका छन् !
२) अहिले फेरी एक्कासी नयॉ महावाणी आयो 
शेयर बजार सामन्तीहरूको बजार हो  !!! 
तपाइले भने जस्तै कतिपय ले कल कारखाना पनि  नखोल्या हो र कमरेड ?तर अनावश्यक रूपमा तपाइहरू ले यूनिएनहरू गठन गरेर हडताल गराइ गराइ साहुजी हरूकै बाह्र बजाएर उठिवास नै लगाइयो नि होइन र?
अब आफ्नै कुरा गरौ 
फिल्म हल खोलौ भनेको त्यों “फ़िल्म “भन्ने 
चिज पनि बिलासितामा पर्ला कि नपर्ला ? 
सामन्तीहरूको लिष्ट मै परिएर भोलि फेरी अप्ठेरो पर्ला  भनेर सोधेको मात्रै हो कामरेड!
कि ब्यूटी पार्लर खोलौ त?
हुनत धनाढ्यका बूढीहरू , छोरीहरू जाने ठॉउ त्यो पनि पक्कै सामन्तबादी लगानि मै पर्छ होला ? 
अब के मा लगानि गरौ त?
अब ती खाइ नखाइ गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका 
 नव सामन्तहरूलाइ चाहि के गर्ने त कमरेड ?
आफ्नो कमाइ लाइ कॉहा लगाउने त ?
ताकि हाम्रो लगानी सामन्तबादी लगानी नहोस !
प्लिज कमरेड भनिदिनु पर्यो!
तपाइको लगानि कॉहा छ ?
कि त्यहि लगानि गर्न प्रेरित गरिदिनु पर्यो , 
मलाइ त सामन्त हुने मन फिटिक्कै छैन के गर्ने होला ? …,,,,कि  यसो गरौ 
बिदेशी बैकमै लगेर राखौ त कमरेड ? 
त्यसो गर्दा कसो होला ?
जे जसरी हुन्छ मलाइ सामन्त हुन बाट बचाउनुस कमरेड म हातै जोड्छू!
म लगायत थुप्रै जनताले जय गॉउने छन कमरेड!
लाल सलाम!!!

 

४ बर्ष अगाडि

प्रतिक्रिया