शेयर बजार घटाउन/बढाउनमा मन्त्रीले भूमिका खेल्न सक्दैन : अर्थमन्त्री

४ बर्ष अगाडि

काठमाडौ - अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री र अर्थ मन्त्रालयले शेयरबजार घाटाइदिनेरबढाइदिने भन्ने कुरा नहुने बताएका छन् । 

सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले केहि यस्तो अफवाह फैलाउन लागिपरेको बताउँदै त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे ।

शेयर बजार मन्त्रीले घटाउन÷बढाउन भूमिका खेल्न नसक्ने बताउँदै त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने उनले प्रष्ट पारे । मन्त्री शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको समेत बताए ।

उनले मन्त्रालयले बजारमा अनियमितता गर्ने विरुद्ध छानबिन गरेर कारबाही समेत गरिसकेको बताउँदै मन्त्रालयले गर्नु पर्ने कार्य गरिरहेको स्पष्ट पारे । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया