प्रि ओपन सेसनबाटै ओरालो यात्रा नेप्से, ३७ कम्पनी कारोबारमा

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ९ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ८८.७३ अंक घटेर २३६१.२४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.३१ अंक घटेर २३५१.९३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.३६ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ३७ कम्पनीको ३२ लाख १० हजार २५१ रुपैयाँ बराबरको ५ हजार ५१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १ कम्पनीको शेयरमूल्य बढेको छ भने ३० कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया