काठमाडौं - सयपत्री हाइड्रोपावर लिमीटेडले साधारणसभा बोलाएको छ । कम्पनीले पुस २३ गते शुक्रबार चाबहिल स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा बोलाएको हो ।
सभामा आईपिओ निष्काशन गर्ने बारेको विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । कम्पनीले ३ लाख कित्ता आइपिओ निश्काशन गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपिओ जारी गर्न लागेको हो ।
एक सय रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै साउन २३ गते धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
प्रतिक्रिया