प्रतिकित्ता ४ सय २९ रूपैयाँ ६५ पैसा कायम हुने गरी नेप्सेमा लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी विकास बैंको सेयरमूल्य समायोजन भएको छ ।

संस्थाको १३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय २९ रूपैयाँ ६५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आईतबारको अन्तिम कारोबार मूल्य ४ सय ८५ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर आज २७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया