काठमाडौं, साताको पहिलो कारोबार दिन (आइतबार) पनि शेयर बजारमा पहिरो गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेको छ । नेप्से ३.६२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १५.१५ अंकले घटेर ४५०.०८ विन्दुमा झरेको छ ।
कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ७२ लाख २३ हजार २ सय ४० कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २ सय ५२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार र विकास बैंक समूह घटेको छ ।
आइतबार युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य २ प्रतिशतले बढेर १८ हजार ५ सय ६४ रूपैयाँ पुगेको छ ।
आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार एक सय ११ रूपैयाँ ५० पैसामा झरेको छ ।
प्रतिक्रिया