नेरुडे लघुवित्त शेयरमूल्य नेप्सेमा समायोजन, शेयरमूल्य कायम कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले लघुवित्तको २१।४९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४१ रुपैयाँ १८ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २६४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया