जुट्दै लगानीकर्ता सङ्घ

४ बर्ष अगाडि

नेपालको पूँजी बजार जब घट्न थाल्छ, तब शेयर बजार सुधार गर्ने नाममा विभिन्न कार्यक्रमसहित लगानिकर्ता मिलेर सङ्घ खोल्दै आन्दोलन गर्ने गरेका छन् । छोटो समयमा नै यस्ता सङ्घ धेरै बनेको अवस्थामा पछिल्लो समय सबै मिलेर अगाडि बढ्ने भन्दै जुट्न थालेको देखिन्छ । शुक्रबार आयोजित ‘पूँजी बजारको सङ्कट र समाधानको सूत्र’ नामक छलफल कार्यक्रममा अग्रज लगानीकर्ताका साथै सबै सङ्गठनका पदाधिकारीले पनि मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अग्रज शेयर लगानीकर्ता निर्मल प्रधान, छोटेलाल रौनियार, अम्बिकाप्रसाद पौडेल, शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल, पूँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल, स्वतन्त्र पूँजी बजार लगानीकर्ता सङ्घका अध्यक्ष रोहन कार्कीलगायतको सहभागिता थियो । कार्यक्रममा सबैले पूँजी बजारमा देखिएको समस्या समाधान गर्न सम्पूर्ण लगानीकर्ता एकजुट हुनुपर्ने बताएका थिए । 

कार्यक्रममा शेयर कारोबारमा मार्जिज ट्रेडिङको कार्यान्वयन, शेयर कर्जामा लगाइएको रु चार देखि १२ करोडको सीमा पुनर्विचार, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायतका तीन वर्षअघि भएको ५८ बुँदे मागको चाँडोभन्दा चाँडो सम्बोधन गर्न सबै लगानीकर्ता एक भएको अध्यक्ष ढकालले बताए ।  पूँजी बजारमा देखिएका समस्या समाधान र यसको विकास तथा विस्तारका लागि लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा कार्यदलसमेत बनेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया