साना लगानीकर्ता डरमा, ठूला पर्ख र हेरको अवस्थामा

४ बर्ष अगाडि

सिडिएस एण्ड क्लियरिङका अनुसार धितोपत्र कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्नेको सङ्ख्या ४७ लाख नाघिसकेको छ भने मेरो शेयर प्रयोगकर्ता ३८ लाखभन्दा बढी छन् । सत्तचालीस लाख लगानिकर्तामध्ये सङ्ख्याका आधारमा साना लगानीकर्ताको अत्याधिक बृद्धि भएको देखिन्छ । गएको एक वर्षको अवधिमा चिया पसलदेखि कार्यालयको बैठकको समयमा समेत पूँजीबजारका बारेमा बहस चल्न थालेको अवस्था छ । 

शेयर बजार स्वतन्त्ररुपमा माग र पूर्तिका आधारमा चल्नुपर्नेमा लगानीकर्ता संरक्षण चौधरी जोड दिन्छन् । हाल गृहणी र महिला लगानिकर्ताको सङ्ख्यासमेत बढेको छ, सानोसानो पूँजी जम्मा भएर नै दैनिक कारोबार करिब रु २२ अर्ब पुगेको थियो । त्यस्ता साना र नयाँ शेयर लगानीकर्ताको लगानीको सुरक्षामा सरकार तथा नियामक विशेषरुपमा सजग हुनुपर्ने चौधरीको भनाइ छ ।
    
घटेको बजारमा साना र त्यसमाथि नयाँ लगानीकर्ताको सम्पत्ति घट्दै जाँदा उनीहरुमा डर देखिएको स्वयं लगानिकर्ता स्वीकार्छन् । यस्तोमा बजार घट्नेमात्र नभई राम्रा प्रतिफल दिने कम्पनीमा गरेको लगानीमा डराउन नहुने र शेयर बजारमा लगानी गर्दा धै¥र्यता राख्नुपर्नेमा लगानीकर्ता छोटेलाल रौनियारको जोड छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया