यो साता ग्लोबल आइएमई समुन्नत स्किम - १ को सेयर मूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई समुन्नत स्किम - १ को मूल्य समायोजन भएको छ । 

ग्लोबल आइएमई समुन्नत स्किमले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीको १०० प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूलय १० रुपैयाँ ८८ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार स्किमको इकाई प्रतिकित्ता २० रुपैयाँ ८८ पैसामा अन्तिम कारोबार भएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया