यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ७ कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
१. नेपाल बैंक लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार नेपाल बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन बैंकको १४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ३७८ रुपैयाँ ६८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार बैंकको शेयर प्रतिकित्ता ४३१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको थियो ।
२. प्राइम कमर्सियल बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्राइम कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकको १६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ८१ रूपैयाँ ९० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
३. स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
लघुवित्तको ३२.३० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ९ सय १९ रूपैयाँ ८८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार ५ सय ४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
४. आइसिएफसी फाइनान्स कम्पनी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइसिएफसी फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय २९ रूपैयाँ ८२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७ सय ३ रुपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
५. लक्ष्मी बैंक
लक्ष्मी बैंक साधारण सभा तथा लाभांश विरतण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंक शेयरमूल्य २७० रुपैयाँ ३७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार बैंकको शेयर प्रतिकित्ता २९२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
६. नारायणी डेभलपमेन्ट बैंक
नारायणी डेभलपमेन्ट बैंक साधारण सभा तथा लाभांश विरतण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बैंकको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंक शेयरमूल्य ४७८ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार बैंकको ८५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
७. समता घरेलु लघुवित्त वित्तीय संस्था
समता घरेलु लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय २५ रूपैयाँ ८३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । संस्थाले एफपिओ जारी गर्ने बिशेष प्रस्ताव सहति वार्षिक साधारण सभा आह्वान गरेको छ ।
प्रतिक्रिया