काठमाडौं - आगामी साता भित्र मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुने भएको छ ।
अर्को साता शेयर नेप्सेमा सूचीकृत गराउने तयारी भईरहेको कम्पनीले जनाएको छ । सीडीएससीमा काम गरेर अर्को साताभित्रै नेप्सेमा सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढेको छ ।
आगामी बुधबारसम्म सेयर सूचीकृत भए अर्को साताबाटै सेयर कारोबारमा आउने सम्भावना रहेको कम्पनीले जनाएको छ । कम्पनीले गत कात्तिक १२ गते आईपीओ बाँडफाँड गरेको थियो ।
मध्यभोटेकोशी कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
प्रतिक्रिया