यस साता करिब साढे ५ प्रतिशतल घट्यो नेप्से परिसूचक, दैनिक औषतमा ३ अर्ब ४१ करोडको शेयर कारोबार

४ बर्ष अगाडि

काठमाडौं - यस साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ । गत साता २५८६.१९ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.२७ प्रतिशत अर्थात १३६.२२ अंक घटेर २४४९.९७ विन्दुमा बन्द भएको छ ।

यस साता सेन्सेटिभ इण्डेक्स ४.५७ प्रतिशत अर्थात २२.३९ अंक घटेर ४६५.२३ विन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इण्डेक्स ५.७० प्रतिशत अर्थात १०.१६ अंक घटेर १६८.१७ विन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५६ प्रतिशत अर्थात ८.८१ अंक घटेर १४९.६७ विन्दुमा झरेको छ ।

यस साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएकोमा यस साता दैनिक औषतमा ३ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १०.५० प्रतिशत कम हो ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ५.२७ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३६ खर्ब ३५ अर्ब रुपैयाँ रहेको यस्तो पूँजीकरण, गत साता करिब २ खर्ब घटेर ३४ अर्ब ४४ करोडमा समेटिएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया