काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेले आर्थिक वर्ष २०७७/७८ मा बैंकबाट एक वर्षमा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलव भत्ता बुझेका छन् ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार पाण्डेले दशैं भत्ता वापत मात्रै २२ लाख ३३ हजार रुपैयाँ लिएका हुन् । यस्तै तलव वापत १ करोड ६० लाख ७६ हजार, भत्ता वापत १ करोड ७ लाख १७ हजार र सञ्चयकोष वापत १६ लाख ८ हजार रुपैयाँ लिएको उल्लेख छ ।
साथै कार्यकारी प्रमुखको हकमा सवारी चालक, ईन्धन तथा मर्मत सम्भार सहित सवारी साधन दिईएको छ भने पानी, बिजुली र टेलिफोन महशुलको भुक्तानी बिल बमोजिम उपलब्ध गराइएको छ ।
प्रतिक्रिया