काठमाडौं - बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नै डेढ करोड रूपैयाँसम्मको आवासीय घर निर्माणको लागि दिइने कर्जा मात्रै ८ अर्ब ३ करोड रुपैयाँ प्रवाह गरेका छन् ।
गत वर्षको अन्तिमसम्ममा २ खर्ब ४८ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा असोज मसान्तसम्ममा २ खर्ब ५७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
बैंकहरुले गत असोज १ महिनामानै यस्तो कर्जा ४ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेका छन् । भदौ अन्तिमसम्ममा २ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले एक महिनामानै १।९५ प्रतिशतले बढाएका हुन् ।
प्रतिक्रिया