१७ प्रतिशत लाभांश प्रस्ताव पारित लागि नेपाल बैंकले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल बैंकले १७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस २ गते साधारण सभा बोलाएको छ । 

बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर तिर्न ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज हुनेछ । मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया