काठमाडौं, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीले बिहीवार काठमाडौंमा १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी गत आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीको गत भदौ १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले रू.९ करोड २२ लाख ९६ हजार बराबरको लाभांश वितरण गर्न लागेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते एक दिन बुक क्लोज गरेकाले मंसिर २ गते बिहीवारसम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो ।
प्रतिक्रिया