काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थाहरुसँग सम्झौता गरेको छ।
मुक्तिनाथ विकास बैंकले वीरगन्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल वीरगन्ज प्रालिसँग र काठमाण्डौमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यावसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सल्टेसन्सजस्ता प्रक्रियाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै देव कर्नरमा पनि सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन्।
प्रतिक्रिया