३१ प्रतिशत लाभांश पारितका लागि सपोर्ट लघुवित्तले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं,सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

वार्षिक साधारणसभा पुस १० गते  हुने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले पुस १ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यसको अर्थ मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस शेयर १.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया