गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश घोषणा, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ८६ करोड ४० लाख रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने ८ करोड ६४ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ३६८.४२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृपति आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया