काठमाडौं - नेपाल राष्ट्र बैंकले नेपालका वित्तिय संस्थाहरुले गैर आवासीय नेपालीहरु र उनिहरु संलग्न संथाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्नसकिने गरी हालको व्यबस्थालाई संसोधन गरेको छ । बैंकहरुमा तरलताको संकट देखिए पछि विभिन्न शर्तहरु सहित उक्त परिवर्तन गरिएको हो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको बुंदा नं. ६८ मा भएको गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने गरी गरेको व्यवस्था बमोजिम राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गरीएको छ ।
यो सँगै गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्था गरिएको हो ।
प्रतिक्रिया