काठमाडौं, नेपाल राष्ट्र बैंकले आज रु. २५ अर्बको नेपाल सरकारका ट्रेजरी बिल सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।
बोलकबोल आज दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिलको खरिद मिति भने भोलि मंसिर १७ गते तय गरिएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी मिति फागुन मसान्तसम्म तोकिएको छ। काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिलको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ।
काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ।
यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिलको परिमाण रु. १ करोड वा रु. १ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन्। तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ।
काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल सबैभन्दा कम बोलमूल्य क्रमका आधारमा बहुमूल्यमा राष्ट्र बैंकले खरिद गर्न सक्नेछ।
प्रतिक्रिया