काठमाडौं - आज विभिन्न २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश पाउने छन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि लाभांश सुरक्षित गर्ने आजै अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ भोलीदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले, मंसिर आजसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
सबैको लघुवित्त वित्तीय संस्था
सबैको लघुवित्त वित्तीय संस्थाको ३२.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ भोलीदेखि २ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
त्यसैले आजसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया