काठमाडौं - एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
साधारण सभा र लाभांश वितरणका लागि बैंकले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनश शेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया