काठमाडौं - सिभिल बैंक लिमिटेडले आजबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।
सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।मंसिर २४ गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा मंसिर २८ गते र ढिलोमा पौष ९ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया