एभरेष्ट बैंकको बुक क्लोज शुक्रबार हुदैँ, १०.३२ प्रतिशत लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर १६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरणका लागि बैंकले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनश शेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त प्रस्ताव पारिका लागि बैंकले पुस १ गते बिहान ११ः३० बजे एभरेष्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालय लाजिम्पाटमा वार्षिक साधारण सभा आव्हान गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया