काठमाडौं, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा भोलि (कात्तिक १६ गते) हुदैछ । सभा लाम्रपाली व्याङ्केट भाटभटेनी काठमाडौमा बिहान ११ बजे सुरु हुनेछ।
सभाले संचालक समितबाट प्रस्ताव गरे बमोजिम संस्थाको चुक्तापूँजीको १० प्रतिशतले हुने ८ करोड ७६ लाख ८१ हजार २ सय बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।
उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन माथि छलफल, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने छ । साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियूक्ती र निजको पारीश्रमिक निर्धारण प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ मंसिर २ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया