काठमाडौं - लक्ष्मी बैंंकले बुकक्लोज मिति तय गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट साढे ११ प्रतिशत लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको हो ।
बैंकले मंसिर २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने ८ प्रतिशत बोनस र साढे ३ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश पाउनेछन् ।
लाभांश वितरणको लागि बैंकले पुस ८ गते दिनको २ बजे अग्रवाल भवन कमलपोखरी काठमाण्डौमा साधारणसभा बोलाएको छ ।
प्रतिक्रिया