आरएमडिसी लघुवित्तले शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने

४ बर्ष अगाडि

काठमाडौं - आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया