घोडीघोडा लघुवित्तले बोलायो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।

लघुवित्तको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले होटल रुबस बैयावेहडी धनगढी कैलालीमा पुस १० गते बिहान १० बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ बाट कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छैन । सभामा गत आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका रहेका छन् ।

युनिक लघुवित्त वित्तीय संस्था मर्जर सम्झौता गरेको यस लघुवित्त वित्तीय संस्थाको हाल शेयर कारोबार रोक्का रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया