सिटिजन्स बैंक इन्टरनेसनलका सीईओलाई १ करोड ३१ लाख ९० हजार भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेललाई बैंकले १ करोड ३१ लाख ९० हजार रुपैयाँ भुक्तानी गरेको छ । 

पोखरेलले तलब भत्ता बापत ८४ लाख, भत्ता ३० लाख, दशैं भत्ता ९ लाख ९० हजार र सञ्चय कोषमा योगदान बापत ८ लाख ४ हजार गरी सो रकम बुझेका हुन् । 

कर कट्टिबापत ६५ लाख ३३ हजार १ सय ७३ रुपैयाँ राजस्व बुझाउँदा पोखरेलले ६६ लाख ५६ हजार ८ सय २७ रुपैयाँ मात्रै खुद पारिश्रमिक बुझ्न पाएका छन् ।

यसका अतिरिक्त प्रमुख कार्यकारी अधिकृतलाई चालक, इन्धन र मर्मतसंभारसहित एक सवारी साधनको समेत व्यवस्था गरिएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया