महिला लघुवित्तको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आजअन्तिम दिन रहेको छ ।

लघुवित्तले मंसिर २२ गते डाकेको चौथो वार्षिक साधारण सभा र ५० प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि मंसिर १६ गते बिहीबारदेखि बुकक्लोज गर्ने भएको छ । 

जस अनुसार आजसम्म कायम शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको ४७.५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित २.५ प्रतिशत नगद लाभांश पाउनेछन् ।

लघुवित्तको साधारण सभा मंसिर २२ गते बुधबार हिमालय दृश्य रिसोर्ट, धुलिखेल काभ्रेमा बिहान १०ः३० बजेबाट सुरु हुने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया