काठमाडौं - स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारणसभा बोलाएको छ ।
संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ५ औँ वार्षिक साधारण सभा पुस १० गते, सनिबार संस्थाको केन्द्रिय कार्यलय तिलोत्तमा, रुपन्देहीमा भर्चुअल माध्यामबाट अपरान्ह १ बजेबाट सूरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २३ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया