काठमाडौं, महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (बुधवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १६ गते एक दिन बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २२ गते साधारण सभा गर्ने भएको छ ।
कम्पनीले सभा हिमालय दृश्य रिर्सोट धुलिखेलमा बिहान १०ः३० बजे शुरु गर्ने जानकारी दिएको छ ।
प्रतिक्रिया