काठमाडौं, चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन निकै कम देखिएको छ। बैंकहरुको निक्षेप संकलन विगत ६ वर्ष यताकै न्यून देखिएको हो। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा बैंकहरुको निक्षेप संकलन जम्मा ३२ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एशोशियसनको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आर्थिक वर्षको यही चार महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १ खर्ब ६१ अर्ब रुपैयाँले बढेको थियो। तर यस वर्षको सुरुवातदेखिनै निक्षेप संकलन घट्दो क्रममा छ।
आर्थिक वर्ष २०७६/७७ को यसै अवधिमा बैंकहरुको निक्षेप १ खर्ब २१ अर्ब रुपैयाँले बढेको थियो भने २०७५/७६ मा ९६ अर्ब, २०७४/७५ मा ७८ अर्ब, २०७३/७४ मा ७६ अर्ब र आर्थिक वर्ष २०७२/७३ मा पनि निक्षेप संकलन ५६ अर्ब रुपैयाँले बढेको थियो।
यस वर्ष भदौ र असोजमा निक्षेप संकलन केही बढेको भए पनि आर्थिक वर्षको सुरुवाती महिना असारमा नै निक्षेप संकलन ७८ अर्ब रुपैयाँले घटेको थियो। यस्तै गत कार्तिक महिनामा पनि निक्षेप संकलन ३६ अर्ब रुपैयाँले घटेको छ।
मंसिर लागेपछि मात्रै बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले घटेको छ। यो भनेको दैनिक झण्डै दुई अर्ब रुपैयाँले निक्षेप संकलन घटिरहेको देखिन्छ।
प्रतिक्रिया