१० अर्ब १० बढी रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंक लिमिटेडले एक अर्ब १० करोड ७८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल मंसिर २९ गतेदेखि २०७९ साल मंसिर २९ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड ६४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १६ करोड ६१ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५ करोड ५३ लाख रुपैयाँ गरी कूल एक अर्ब १० करोड ७८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले मंसिर ५ गते बिहान १० बजेदेखि मंसिर ५ गते दिउँसो २ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया