काठमाडौं, एनएमबि बैंकले २६औं वार्षिक साधारण सभा पुस २२ गते बोलाएको छ ।
कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशाधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति भने तय गरेको छैन ।
प्रतिक्रिया