समीट लघुवित्तको लाभांश प्रस्ताव, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३९ करोड ४३ लाख रुपैयाँको कुल २५.२८५३१६ प्रतिशतले हुन आउने ९ करोड ९७ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। 

सजिलो लघुवित्त र समीट लघुवित्तबीच मर्जर कार्य सम्पन्न भई २०७७ असोज ६ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको हुँदा घोषित लाभांशमा लाग्ने लाभांश करको व्यवस्था नगरिएको संस्थाले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया