मुक्तिनाथ विकास बैकको बुक क्लोज भोलि हुदैँ,१७.५७५ प्रतिशत बोनस प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, मुक्तिनाथ विकास बैकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगल लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले मुक्तिनाथ विकास बैंक र अन्य उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि संचालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्षको वित्तीय प्रतिवेदन पारित गर्नेका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सभा मंसिर २५ गते होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया