म्यादी बीमा गर्ने संख्या २१.७२ प्रतिशतले घट्यो, कति प्रतिशत जनसंख्यामा बीमाको पहुँच ?

४ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको चार महिना (कार्तिक)सम्ममा बैदेशिक रोजगार (म्यादी बीमा) गर्नेको संख्या  घट्न थालेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्ममा म्यादी बीमा गर्ने संख्या २१.७२ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले ८ लाख १ हजार २१८ वटा म्यादी बीमालेख जारी गरेका थिए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यस्तो बीमालेख ६ लाख २७ हजार २०० वटामा सीमित भएका छन् ।

चालु आर्थिक वर्षको कार्तिक सम्ममा २७.७६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार भएको समितिले जनाएको छ । बैदेशिक रोजगार म्यादी बीमा सहित भने बीमाको दायरा २९.८१ प्रतिशत पुगेको समितिको तथ्यांक छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया