काठमाडौं, पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ ।
मंसिर १० गतेसम्म वाणिज्य बैंकहरुको कुल ४२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर ३ गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको (मंसिर ४ गतेदेखि मंसिर १० गतेसम्म)को तथ्यांकले यस्तो देखिएको हो।
यसैगरी यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १४ अर्ब रुपैयाँले बढेको छ। मंसिर १० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर ३ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो।
मंसिर लागे यता वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको एनबीएको तथ्यांकले देखाएको छ। यो अवधिमा कर्जा लगानी भने २१ अर्ब रुपैयाँ बढेको देखिन्छ।
प्रतिक्रिया