काठमाडौं । जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिसम्ममा ४८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिसम्ममा १२ करोड ६९ लाख रुपैयाँ, नविकरण बीमाशुल्क आर्जन वापत ३५ करोड ७ लाख रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क वापत ५५ लाख ३९ हजार रुपैयाँ गरि कुल ४८ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल लाइफले यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले चार महिनाको अवधिमा १२ अर्ब २५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रामा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ। कम्पनीले यस अवधिसम्मा ६ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफले चार महिनाको अवधिमा भने चार अर्ब ५४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।
चौथौमा युनियन लाइफ रहेको छ । कम्पनीले चार महिनाको अवधिसम्ममा २ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले १ करोड ७६ लाख रुपैयाँ, सिटिजन लाइफले १ करोड ६५ लाख रुपैयाँ, प्राइम लाइफले १ करोड ५८ लाख रुपैयाँ, सूर्या लाइफले १ करोड ५२ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, सन नेपाल लाइफले १ करोड २४ लाख रुपैयाँ, गुराँस लाइफले १ करोड ९ लाख रुपैयाँ, ज्योति लाइफले १ करोड ४ लाख रुपैयाँ, आइएमई लाइफले १ करोड रुपैयाँ, रिलायन्स लाइफले ९८ लाख पैयाँ, सानिमा लाइफले ७४ करोड, प्रभु लाइफले ७१ लाख रुपैयाँ र महालक्ष्मी लाइफले ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
प्रतिक्रिया