काठमाडौं - एशियन लाइफ इन्स्योरेन्सले सर्लाहीको हरिऔनमा शुक्रबारदेखि कम्पनीको ४५औं शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीको उपशाखा कार्यालयलाई थप सुविधा सम्पन्न बनाएर शाखा कार्यालयमा स्तरोन्नति गरिएको हो ।
कम्पनीको प्रदेश २ का प्रमुख रामरुप सहनीले शाखा कार्यालयको एक विशेष समारोहबीच उद्घाटन गरेका हुन् ।
कम्पनीले हाल ४५ वटा शाखा र १०३ वटा उपशाखा कार्यालयहरु मार्फत देशैभरका बीमितहरुलाई घरदैलोमै जीवन बीमा सेवा उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया