एनआइसी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ बढ्यो, नाफा कति ?

४ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया डाइनामिक डेप्ट फण्डको कात्तिक मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य ९न्याभ० बढेको छ । 

फण्डले सार्वजनिक गरेको कात्तिक मसान्तको वित्तीय विवरणमा फण्डको न्याभ १७ पैसाले बढेर १० रुपैयाँ ८३ पैसा कायम भएको हो ।

साथै कात्तिक मसान्तमा फण्डको खुद सम्पत्ति पनि बढेर ५४ करोड १४ लाख पुगेको छ । अघिल्लो महिनामा फण्डको खुद सम्पत्ति ५३ करोड २८ लाख रहेको थियो ।

त्यस्तै, फण्डको यस अवधिमा नाफा पनि ह्वात्तै बढेको छ । अघिल्लो महिनामा २ करोड ९९ लाख मात्र नाफा गरेकोमा यस अवधिमा ३ करोड ७९ लाख नाफा आर्जन गरेको छ ।

यस्तै कात्तिक मसान्तमा फण्डको सूचिकृत शेयरमा लगानी पनि बढ्न पुगेको छ । अघिल्लो महिनामा ८ करोड ७१ लाख ३८ हजार रुपैयाँ रहेको सूचिकृत शेयरमा लगानी यस अवधिमा बढवेर ९ करोड ५१ लाख ८८ हजार पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया