ग्लोबल आइएमई लघुवित्त बुकक्लोज भोली, आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गते बुक क्लोज गर्ने गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्तव पारितका लागि कम्पनीले मंसिर २८ गते साधारण सभा गर्ने जानकारी गराएको हो । 

सभा बिहान १० बजे होटल पोखरा ग्राण्ड, पोखरामा हुने भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया