काठमाडौं - नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विज्ञप्तीमा कम्पनीको मूनाफामा सामान्य बृद्धि देखिएको छ ।
इन्सुरेन्सको नाफा बढेर १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले १ अर्ब १२ करोड ६७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
अघिल्लो आर्थिक बर्षको मसान्तसम्ममा कम्पनीले कमाएको खुद मुनाफामा निर्जीवन बीमा व्यवसायबाट १ अर्ब १ करोड ५१ लाख रुपैयाँ र जीवन बीमा व्यवसाय १५ करोड ४३ लाख रुपैयाँ बराबरको योगदान रहेको छ ।
चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपिएस) ११ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा र प्रतिसेयर कुल सम्पतीको मूल्य २९३.३० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया