काठमाडौं - मेगा बैंक लिमिटेडको १२.०७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलिदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २८ गते, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमांडौमा पोखरामा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २.०७ प्रतिशत नगद गरी कुल १२.०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया