घोडीघोडा लघुवित्तले डाक्यो साधारण सभा, कहिले र कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं, घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस १० गते हने भएको छ । 

सभा बिहान १० बजे होटल रुबस बैयावेहडी धनगढी कैलालीमा हुने भएको हो । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

यस लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था बीच २०७७ कात्तिक २१ गते मर्जर सम्बन्धी प्रारम्भिक समझदारी भएकाले हाल यस घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का नै रहेको जानकारी गराएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया